आमाको सपना | गोपाल प्रसाद रिमालपछि

आमाको सपना

गोपाल प्रसाद रिमालपछि

१.

आमा! आमा! त्यो आउँछ र?
बिहानको शीतजस्तै हिउँ र आगो भएर?

“हो, बा, त्यो आउँछ।
तिम्रो हिस्सी परेको हँसाइमा
तिम्रो तोते बोलीमा
त्यो बिहानको सूर्यझैँ आउँछ।“

आमा, त्यो आउँछ र?
भन्छन् — म बोल्न हुन्न रे,
खुला हिँड्नु हुन्न रे।
म सुन्नु हुन्न रे।
जे गर्छन् हेर्नु हुन्न रे।

आमा, त्यो आउँछ र?

“ऊ अधर्मसँग लड्नेछ!”

आमा, त्यो आउँछ र?

“तर त्यो तिमी नै हौला भन्ने
मेरो सपना थियो।”

२.

आमा! आमा!

हिमालदेखि तराईसम्म आज म चिच्याएँ!
खुकुरीझैं उठे! खुकुरीभैँ उठाएँ!

आमा! आमा!

आज बिहानको सूर्यझैँ
उज्यालो छर्कदै,
सबै बन्धन तोडी घुमें।
आज म बचेँ, अब बाँचेँ!

आज म बाँचेँ!
देश साँचें!

आज म नाचेँ!
देश हाँसे।

— शालिक शाह

१६ सेप्टेम्बर २०२५
नयाँ दिल्ली

 

Update: 26/09/25

PS. The song is now live on major platforms.

Aamko Sapana

“Aamako Sapana” is a song of dream and dissent — a generational anthem that stitches together two poems nearly a century apart. It blends Gopal Prasad Rimal’s classic “Aamako Sapana” (BS 2000) with Salik Shah’s contemporary poem “Parivartan” (BS 2060) into a single, soaring statement. “Aama” is both mother and motherland: a vision for children who do not merely endure but rise. Traditional bansuri and sarangi colors meet cinematic strings and modern production to bridge past and present. Dedicated to the youth of Nepal, India and rest of the world.

Aamako Sapana